शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा अपहरित ६ जना विदेशीको खोजी जारी

बिहीबार, ०३ जेठ २०७५, १४ : २१
बिहीबार, ०३ जेठ २०७५

एजेन्सी–अफगानिस्तानको उत्तरी बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा गएको आइतबार अपहरणमा परेका ६ जना विदेशीलाई अझै मुक्त गरिएको छैन ।  शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले उनीहरूका चालकलाईसमेतलाइण् अपहरण गरी लगेको स्थानीय अधिकारीले बताएका थिए । 

अधिकारीहरुले ती नागरिकलाई सुरक्षाकर्मीले व्यापक रुपमा खोजी गरिरहेका र अहिलेसम्म पनि मुक्त गर्न नसकेको बताएका छन् ।  विद्युत कम्पनीको उप–केन्द्रमा कार्यरत ती विदेशी प्राविधिकको समूहलाई विहानै आएका सशस्त्र समूहले काम गर्न जाने क्रममा अपहरण गरेर अज्ञातस्थलतर्फ लगेका थिए । 

यहाँका प्रहरी प्रवक्ता जाबिहुल्लाह सिजाले सञ्चारकर्मीलाई दिनुभएको जानकारीअनुसार उनीहरुलाई अपहरण गर्नेले पनि त्यसको जिम्मेवारी लिएको छैन र प्रहरीले मुक्त गर्न पनि सकिरहेको छैन । उनले प्रहरीले उनीहरुलाई खोजी गरिरहेको जानकारी दिएका छन् । 

उनले अपहरणमा परेका विदेशी कुन देशका थिए भन्ने बिषयमा केही खुलाउन चाहनु भएन । उनीहरूको राष्ट्रियताबारे नबताइकनै अधिकारीहरूले अपहरणमा तालिवान लडाकूको हात रहेको बताएका छन् । 

प्रहरी प्रवक्ता सिजाले भने, अपहरणमा तालिवान कमाण्डर मुल्लाह शाहेनको हात रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, तर यसको एकिन भने भएको छैन ।  अपहरित विदेशी सहित उनीहरूका चालकको सुरक्षित रिहाइका लागि सुरक्षाकर्मीले सम्वद्ध सवैपक्षसँग पहल गरिरहेको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप