शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–माओवादी विघटन, ‘नेकपा’ का नेताहरुले लिए सपथ

बिहीबार, ०३ जेठ २०७५, १६ : ५१
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको  अध्यक्षतामा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक बसेको छ । 

बैठकले एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता देव गुरुङलाई ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोग पठाएको छ । 
बैठकबाट नयाँ पार्टी नेकपाका सबै सदस्यले सामूहिक सपथ लिएका छन् ।  

सुरुमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सपथ खुवाएका थिए भने प्रचण्डले ओलीलाई सपथ खुवाएका थिए ।

त्यसलगत्तै ओली र प्रचण्डले संयुक्त रुपमा सिंगो केन्द्रीय समितिलाई सपथ खुवाएका थिए । 

साेसँगै  एमाले र माओवादी केन्द्र औपचारिक रुपमा विघटन भएको छ । 

बैठकले दुई पार्टीको सम्पत्ति नेकपाका नाममा सार्ने निर्णय पनि गरेको छ । त्यस्तै, दुवै पार्टी का जनवर्गीय संगठनहरु खारेज गर्ने निर्णय समेत गरिएको छ । 

दुई पार्टीको छिट्टै केन्द्रीय कमिटीको बैठक बलाइनेछ , पार्टीको राष्ट्रियसभागृहमा केहिबेरमा घोषणा गरिँदैछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप