शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीयवासीद्वारा गाउँपालिका अधिकृतमाथि हातपात

बिहीबार, ०३ जेठ २०७५, १८ : २८
बिहीबार, ०३ जेठ २०७५

हुम्ला । सिमीकोट गाउँपालिकाका अधिकृत अर्जुन दर्जीमाथि आज स्थानीयवासीले हातपात गरेका छन् । 

बाटो निर्माणका क्रममा विनियोजित बजेटले नपुगेपछि थप बजेटको माग गर्दै गाउँपालिका पुगेका वडा नंं ४ का बासिन्दाले आज दर्जीमाथि हातपात गरे । 

उनीहरुले बजेट माग गर्दा अधिकृत दर्जीले बजेट थप्न नसकिने बताएपछि आक्रोशित भई स्थानीयवासीले उनीमाथि हातपात गरेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप