शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख र संविधानसभा सदस्य मञ्चको टोलीबीच भेट

मङ्गलबार, ०८ जेठ २०७५, १९ : २०
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं– सभामुख कृष्णबहादुर महरासँग संविधान सभा सदस्य मञ्च नेपालका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् ।  मञ्चका संयोजक संविधानसभा सदस्य अनन्तप्रसाद पौडेलको नेतृत्वमा आएको टोलीले संसद सचिवालय सिंहदरबारमा सभामुख महरासँग भेटवार्ता गरेको हो ।

 भेटमा सभामुख महरालाई मञ्चका संयोजक पौडेलले नयाँ संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संविधान सभा सदस्यहरु रहेको संविधान सभा सदस्य मञ्च नेपाल गठन गरिएको जानकारी गराएका हुन् ।
अहिले संविधान सभाका बारेमा सबै जानकार छन् तर ५० वर्षपछि संविधान सभा भनेको के रहेछ भन्ने स्थिति आउँछ’ संयोजक पौडेलले भने, ‘नेपालमा संविधान कसरी बनेको थियो भन्ने इतिहास जोगाउन पनि यस्तो मञ्च आवश्यक देखियो ।’

मञ्चका लागि सिंहदरबार परिसरमा कार्यालय स्थापना गर्न कोठा र आवश्यक कर्मचारीहरु उपलब्ध गराइदिन सभामुखलाई पौडेलले आग्रह गरे । सो अवसरमा सभामुख महराले संविधान सभा सदस्य मञ्च नेपाल गठन गरेकोमा सबै संविधान सभा सदस्यहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरे ।

संविधान सभाको ऐतिहासिक महत्व र गरिमालाई बुझेर यसको इतिहास जोगाउने पहल गरेकोमा मञ्च गठनको नेतृत्व गर्ने सभासद्हरु बधाईका पात्र भएको बताए । उनले आफ्नो तर्फबाट मञ्चलाई भरपूर सहयोग हुनेसमेत बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप