शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एन आई सी एशिया बैंकले ल्यायो ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा

मङ्गलबार, ०८ जेठ २०७५, १९ : ३४
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं । एन आई सी एशिया बंैक लिमिटेडले ग्राहकहरुले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ ।

डिजिटल भुक्तानी प्रणालीमा केन्द्रीत हुँदै आएको बंैकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा १ लाखसम्मको राजश्व छिटो, छरितो, सरल एवं सुबिधायुक्त रुपमा यस बैंकमा खाता रहेका ग्राहकले आफ्नो खाताबाट ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको हो । 

सो सुबिधा उपयोग गर्न बैंकका ग्राहकहरुले एक पटकका लागि आफ्नो खाता नं. एनसीएचएलको  ई–पेमेन्ट सम्बन्धी वेबसाइट www.connectips.com मा दर्ता गराई सो को फारम डाउनलोड गरी बैंकको कुनै पनि शाखामा गई रुजु गराउनु पर्ने र रुजु भए पश्चात१ लाखसम्मको राजश्व कुनै पनि समयमा नेपाल सरकारको https://rajaswa.fcgo.gov.np मा Login गरी राजश्व भुक्तानी गर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप