आनन्द कार्कीको नयाँ गीत ‘तिमीसम्म’
बुधबार, ०६ असार २०७५, ११ : ५६
काठमाडौँ । चर्चित गायक आनन्द कार्कीको ‘तिमीसम्म’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
गीत भिडियोसहित सार्वजनिक गरिएको हो ।
शिखर सन्तोषको संगीत रहेको गीतमा प्रकाशबाबु थापाको शब्द रहेको छ ।
भिडियोमा अभिलाषा शर्मा र रमेश प्याथाको अभिनय देख्न सकिन्छ ।
डान्सिङ बिटमा तयार गरिएको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् भने छायाँकनमा ज्ञानेन्द्र शर्मा र सम्पादकमा मिलन लम्साल रहेका छन् ।