शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा लामो खडरेपछि वर्षा, कृषकलाई राहत

बुधबार, २० असार २०७५, १६ : ३०
बुधबार, २० असार २०७५

त्रिपुराकोट– जिल्लामा लामो खडेरीपछि वर्षा भएको छ । पानी परेपछि कृषकलाई राहत मिलेको छ । 

चार महिनासम्म खडेरी परेपछि खेतबारीमा लगाइएको अन्नबाली सुक्न थालेपछि कृषक चिन्तित भएका थिए । तीन दिनसम्म लगातार पानी परेपछि धान, मकै, सिमी, कोदो लगायतको अन्नबालीलाई मद्दत पुगेको छ । 

खडेरीका कारण कृषक प्रभावित बनेका थिए । ‘खडेरीले कात्तिकमा पाक्ने मकै, चिनो लगायतका अन्नबाली रोप्नै पाएका थिएनौ, ढिलै भए पनि वर्षा भयो, अहिले रोप्न भ्याइनभ्याइ छ’ त्रिपुरासुन्दरी नगरपालिका– ९ का योगेन्द्र कार्कीले भने । 

पानी परेपछि बाँझो रहेको जग्गामा अहिले कृषकले धमाधम बालीनाली लगाउन थालेका छन् । वर्षाका कारण डाँडापाखामा प्रशस्त घाँसपात उम्रने भएपछि पशु चरिचरनका लागि सहज हुने भन्दै कृषक खुशी भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप