रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
शुक्रबार, १४ वैशाख २०८१, २१ : २१
बेइजिङ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन युद्धमा चीनले रुसलाई दिएको समर्थनबारे राष्ट्रपति सी जिनपिङसँग प्रश्न उठाएका छन् । आफूले सी जिनपिङलाई चीनको समर्थन बिना यस युद्धमा रुसलाई अप्ठ्यारो हुने बताएको पत्रकारहरूसँगको कुराकानीका क्रममा ब्लिन्केनले भनेका छन् ।
यसअघि सी जिनपिङले चीन र अमेरिकाले प्रतिस्पर्धीको रूपमा नभई सहयोगीका रूपमा काम गर्नुपर्ने बताएका थिए । यस भ्रमणको सुरुमा चिनियाँ विदेश मन्त्री वाङ यीले ब्लिन्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने बताएका थिए ।
अमेरिकी विदेश मन्त्री ब्लिन्केन अप्रिल २४ देखि चीनको तीन दिने भ्रमणमा थिए । अप्रिल २६ मा ब्लिन्केन र वाङ यीले बेइजिङमा भेटघाट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण