रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
शुक्रबार, १४ वैशाख २०८१, २१ : २१

बेइजिङ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन युद्धमा चीनले रुसलाई दिएको समर्थनबारे राष्ट्रपति सी जिनपिङसँग प्रश्न उठाएका छन् । आफूले सी जिनपिङलाई चीनको समर्थन बिना यस युद्धमा रुसलाई अप्ठ्यारो हुने बताएको पत्रकारहरूसँगको कुराकानीका क्रममा ब्लिन्केनले भनेका छन् ।
यसअघि सी जिनपिङले चीन र अमेरिकाले प्रतिस्पर्धीको रूपमा नभई सहयोगीका रूपमा काम गर्नुपर्ने बताएका थिए । यस भ्रमणको सुरुमा चिनियाँ विदेश मन्त्री वाङ यीले ब्लिन्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने बताएका थिए ।
अमेरिकी विदेश मन्त्री ब्लिन्केन अप्रिल २४ देखि चीनको तीन दिने भ्रमणमा थिए । अप्रिल २६ मा ब्लिन्केन र वाङ यीले बेइजिङमा भेटघाट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित