६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
काबुल । छिमेकी मुलुक पाकिस्तान र इरानबाट हालैका दिनमा पाँच हजार ९४० अफगानी शरणार्थी स्वदेश फर्केको आप्रवासी मामिलासम्बन्धी आयोगले शुक्रबार जनाएको छ ।
शरणार्थीहरू पाकिस्तान र इरानबाट तोरखाम, स्पिन बोल्दाक, इस्लाम काला, अब्रेसाम र अङ्गोराडा नाका हुँदै अफगानिस्तान तर्फ फर्केको आयोगले सामाजिक सञ्जालमार्फत् सार्वजनिक विज्ञप्तिमा जनाएको छ ।
अफगान अधिकारीहरूका अनुसार पाकिस्तानी सरकारले अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने दोस्रो चरण अप्रिल १५ मा सुरु गरेको थियो र पहिलो चरणमा पाँच लाख ५० हजारभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानबाट फर्केका थिए ।
अफगानी सरकारी तथ्याङ्क अनुसार २५ लाखभन्दा बढी अफगानी शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने करिब त्यत्तिनै सङ्ख्यामा इरानमा रहेका छन् ।
अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगानी आप्रवासीहरूलाई स्वदेश फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण