६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए

काबुल । छिमेकी मुलुक पाकिस्तान र इरानबाट हालैका दिनमा पाँच हजार ९४० अफगानी शरणार्थी स्वदेश फर्केको आप्रवासी मामिलासम्बन्धी आयोगले शुक्रबार जनाएको छ ।
शरणार्थीहरू पाकिस्तान र इरानबाट तोरखाम, स्पिन बोल्दाक, इस्लाम काला, अब्रेसाम र अङ्गोराडा नाका हुँदै अफगानिस्तान तर्फ फर्केको आयोगले सामाजिक सञ्जालमार्फत् सार्वजनिक विज्ञप्तिमा जनाएको छ ।
अफगान अधिकारीहरूका अनुसार पाकिस्तानी सरकारले अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने दोस्रो चरण अप्रिल १५ मा सुरु गरेको थियो र पहिलो चरणमा पाँच लाख ५० हजारभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानबाट फर्केका थिए ।
अफगानी सरकारी तथ्याङ्क अनुसार २५ लाखभन्दा बढी अफगानी शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने करिब त्यत्तिनै सङ्ख्यामा इरानमा रहेका छन् ।
अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगानी आप्रवासीहरूलाई स्वदेश फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन