जंगबहादुरका पालामा सुरु भएको 'नेपाल कप' अझै जारी
लण्डन– बेलायतको अल्डरसटस्थित क्वीन्स एभिन्यू सैनिक ग्यारिजनको रंगशालामा हरेक बर्ष झै यो बर्ष पनि नेपाल कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । यो प्रतियोगिता व्रिगेड अफ गोर्खाजमा कार्यरत बेलायती गोर्खा सैनिकहरुमाझ गरिने फुटबल प्रतियोगिता हो ।
नेपाल कपको फाईनल खेलमा दोस्रो गोर्खा बटालियनले पहिलो गोर्खा बटालियनलाई ३–२ ले हराउदै नेपाल कप प्रतियोगिताको उपाधि हात पारेको हो । विग्रेड अफ गोर्खाजको प्रायोजनमा हरेक बर्ष हुने नेपाल कप प्रतियोगिताको यो बर्ष ६८ औ संस्करण हो ।
बेलायतका नेपाली समुदायमा आयोजना हुने सबै भन्दा पुरानो र चर्चित मानिने नेपाल कप नेपालको पूर्व प्रधानमन्त्री महाराजा मोहन शमशेर जंगबहादुर राणाले गोर्खा विग्रेड भारतबाट स्वतन्त्र भएपछि सन् १९४७ बाट नेपाल कपको थालनी गराएका थिए ।
यो बर्षको प्रतियोगितामा दोस्रो गोर्खा बटालियन, क्वीन्स गोर्खा इन्जिनियर,तालिम केन्द्र क्याट्ररिक,गोर्खा मण्डले,गोर्खा सिताङ,पहिलो गोर्खा बटालियन,क्वीन्स गोर्खा सिङ्नल,क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्ट,क्लोज सर्पोट ट्रस्ट, गोर्खा स्टाफ पर्सनल सर्पोट कम्पनि (जियस पियस), विशिष्ट हतियार स्कुल,टयावेलेटो कम्पनी वार्मििनस्टर, आर्क बटालियन लगायत १२ टिमले प्रतिश्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर