उपरथी शाहलाई दज्र्यानी चिह्न प्रदान
आइतबार, ३१ असार २०७५, १९ : ०६
काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले उपरथीमा पदोन्नति भएका सुवर्णबहादुर शाहलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
जंगी अड्डामा आज आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति क्षत्रीले उपरथी शाहलाई दज्र्यानी चिह्न प्रदान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सहायक रथी शाह मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उपरथीमा पदोन्नति भएका हुन् ।
उपरथी शाहलाई मध्य पृतना हेडक्वाटरको पृतनापतिको जिम्मेवारी दिइएको छ । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति रहेको थियो ।