शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपमा रुसी राष्ट्रपति पुटिन र क्रोएशियाली राष्ट्रपतिको यस्तो केमेस्ट्री, फ्रान्सका राष्ट्रपति पनि देखिए

आइतबार, ३१ असार २०७५, २३ : ०२
आइतबार, ३१ असार २०७५

विश्वकपको उपाधि फ्रान्सले जितेको छ । अनि, आफ्ना खेलाडीलाई हौसला दिनका लागि नकआउट चरणका खेलमा निरन्तर रंगशाला धाउने क्रोएशियाकी राष्ट्रपति कोलिन्डा ग्राभर किटारोभिकले सबैको मन जितेकी छिन् ।

फ्रान्स र क्रोएशियाबीचको फाइनल खेल चलिरहदाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, फिफा अध्यक्ष गियानी इन्फान्टिनो र फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोनसँग बसेर तस्विर खिचाइन् ।

युरोपेली युनियनसँग रुसको चिसो सम्बन्ध यथावत् रहेका बेला विश्वकपले फ्रान्सेली राष्ट्रपतिलाई मस्कोस्थित लुज्निकी रंगशालामा डोहो¥याएको हो ।

विश्वकपको आयोजनासँगै रुसलाई हेर्ने विश्व समुदायको नजर फरक हुने दाबी पुटिनले गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप