संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनमा भएका व्यवस्थाहरूको बारेमा आम जनतालाई बुझाउन नसक्दा संविधान र कानुन कार्यान्वयनमा समस्या आएको बताएकी छिन् ।
शुक्रबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाको १४ औँ अधिवेशन तथा वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधान र कानुनमा भएका व्यवस्थाका बारेमा जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या आएको बताएकी हुन् । उनले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संविधानमा लेखिसकेपछि पनि कार्यान्वयन हुन नसकेका बताइन् ।
मन्त्री शर्माले जातीय छुवाछुत, सम्पत्तिमा छोराछोरीको बराबरी हक तथा आमाको नामबाट नागरिकता दिने विषयमा संविधान र कानुनमा स्पष्ट भएपनि कार्यान्वयनमा कठिनाइ भएको बताइन् । उनले कानुनमा उल्लेख गरेपनि मानिसहरूको दिल, दिमागमा पुर्याउन नसकिएको भन्दै त्यसमा कमजोरी भएको बताइन् । उनले संविधानमा भएको कुराहरू जनतालाई बुझाउन अभियान चाल्नुपर्ने भएपनि त्यस्तो गर्न नसकिएकोले समस्या उत्पन्न भएको बताइन् । उनले आगामी दिनमा संविधान र कानुनमा भएको व्यवस्था जनतालाई जानकारी गराउनका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
मन्त्री शर्माले ठुलो पदमा बसेका व्यक्तिहरूले गरेको गल्ती कमजोरीलाई व्यवस्थासँग जोडेर दूषित मनसायका साथ दोष दिने गरिएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताइन् । उनले व्यक्तिले गरेको गल्तीमा व्यवस्थाले दोष पाउनु नहुने बताइन् । गल्ती गर्नेहरू जति नै ठुलो पदमा बसेपनि कानुनी दायरामा आउने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण