संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनमा भएका व्यवस्थाहरूको बारेमा आम जनतालाई बुझाउन नसक्दा संविधान र कानुन कार्यान्वयनमा समस्या आएको बताएकी छिन् ।
शुक्रबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाको १४ औँ अधिवेशन तथा वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधान र कानुनमा भएका व्यवस्थाका बारेमा जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या आएको बताएकी हुन् । उनले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संविधानमा लेखिसकेपछि पनि कार्यान्वयन हुन नसकेका बताइन् ।
मन्त्री शर्माले जातीय छुवाछुत, सम्पत्तिमा छोराछोरीको बराबरी हक तथा आमाको नामबाट नागरिकता दिने विषयमा संविधान र कानुनमा स्पष्ट भएपनि कार्यान्वयनमा कठिनाइ भएको बताइन् । उनले कानुनमा उल्लेख गरेपनि मानिसहरूको दिल, दिमागमा पुर्याउन नसकिएको भन्दै त्यसमा कमजोरी भएको बताइन् । उनले संविधानमा भएको कुराहरू जनतालाई बुझाउन अभियान चाल्नुपर्ने भएपनि त्यस्तो गर्न नसकिएकोले समस्या उत्पन्न भएको बताइन् । उनले आगामी दिनमा संविधान र कानुनमा भएको व्यवस्था जनतालाई जानकारी गराउनका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
मन्त्री शर्माले ठुलो पदमा बसेका व्यक्तिहरूले गरेको गल्ती कमजोरीलाई व्यवस्थासँग जोडेर दूषित मनसायका साथ दोष दिने गरिएको भन्दै यसप्रति सचेत हुनुपर्ने बताइन् । उनले व्यक्तिले गरेको गल्तीमा व्यवस्थाले दोष पाउनु नहुने बताइन् । गल्ती गर्नेहरू जति नै ठुलो पदमा बसेपनि कानुनी दायरामा आउने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान, अन्जना ब्रान्ड प्रमोटर
-
तीन वायुको प्रभाव नेपालमा, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद