चारसय किसानलाई दूध बोक्ने क्यान वितरण
नुवाकोट– भूकम्पबाट प्रभावित यहाँका ४०० किसानलाई आज जिल्ला पशु सेवा कार्यालयले ट्यामी ९दूध बोक्ने क्यान० वितरण गरेको छ ।
दूध बिक्री गर्दै आएका किसानलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनःनिर्माण कोषअन्तर्गत पशु सेवा कार्यक्रममार्फत प्राप्त अनुदान रकमबाट क्यान वितरण गरिएको हो ।
भूकम्पबाट क्षति व्यहोरे पनि पशुपालनलाई निरन्तरता दिँदै आएका किसानलाई एक/एक थान क्यान उपलब्ध गराएको पशु सेवा कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले जानकारी दिए । सहकारी संस्थामार्फत माग भएर आएका तथा व्यक्तिगत रुपमा निवेदन दिएका ५३ किसानलाई डेरीसम्म दूध लैजान पाँच लिटर क्षमताको क्यान वितरण गरिएको हो ।
‘किसानलाई प्रोत्साहन गर्न क्यान उपलब्ध गराएका हौँ,’ भट्टले भने ।
पुनःनिर्माण कोषमार्फत यसवर्ष यहाँका भूकम्पपीडित ५० किसानलाई गोठ निर्माण, ५० किसानलाई पशु सुधार गोठ निर्माण, १२ किसानलाई कुखुराको खोर निर्माण, ३१ किसानलाई उन्नत जातको ब्याडको बोका तथा पाँच हजारभन्दा बढी किम्बु घाँसको बिरुवा वितरण गरिएको छ ।
जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्कअनुसार यसवर्ष जिल्लामा २४ हजार ६९१ मेट्रिक टन दूध उत्पादन भएकामा छ हजार ९५८ मेट्रिक टन दूध जिल्ला बाहिर बिक्री गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न