नेविसंघको प्रदर्शन, प्रहरीको लाठी ! (फोटोफिचर)
काठमाडौं– केपी ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खाजेको आरोप लगाउँदै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ ।
सरकारले अधिकारको पक्षमा लडेको भनेपनि नागरिकको अधिकार खोस्न खोजेको, गोविन्द केसीको माग पूरा गर्न चासो नदिएकोलगायतका समेत लगाउँदै सरकारको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो ।
माइतीघरमा भेला भएर नाराबाजीसहित संघीय संसद भवन नयाँ वानेश्वरतर्फ अघि बढेका नेविसंघका कार्यकर्ताले निषेधित क्षेत्र समेत तोड्ने प्रयास गरेपछि केहिबेर दुई पक्षीय झडप समेत भएको थियो ।
सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा केहि नेविसंघका कार्यकर्ता घाइते समेत भएको बताइएको छ ।
पछिल्लो समय सरकार विरुद्ध कांग्रेस र उसका भातृ संगठन सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ ।
कांग्रेसले केहिअघि बैठकबाटै सडक र सदनबाट सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने नीतिसहितको निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो बलमै आउट भए आसिफ शेख
-
प्रभावकारी बन्दै हेटौँडाको न्यायिक समिति, नौ महिनामा १२७ उजुरी मिलापत्र
-
दुब्लो पातलो हुनु हुन्छ ? मोटाउन चिकेन–मटनको ठाउँमा खानुस् यी शाकाहारी खानेकुरा
-
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत
-
हराएका २४ वटा दुईपाङग्रे सवारी साधन भेटिए
-
समान रूपमा बजेट व्यवस्था गर्न सांसद कार्कीको माग