शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेसनल कलेजले मनायो “ओपन डे”, कलेजका सबै गतिविधि एकदनिका लागि खुल्ला

मङ्गलबार, ०१ साउन २०७५, १९ : १३
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं । धुम्बाराहीस्थित नेसनल कलेजले तेस्रो “ओपन डे” मनाएको छ । कलेजले सबै आगन्तुक विद्यार्थी, अभिभावक तथा इच्छुकका लागि मंगलबार कलेजका सबै गतिबिधि खुला गरेको हो ।

“ओपन डे”को अवसरमा कक्षा १२ परिक्षा दिएर बसेका सम्भावित विद्यार्थीलाई कलेजको संकाय, रिसर्च, स्थलगत अवलोकन, एक्स्चेन्ज प्रोग्राम तथा नेसनल कलेज पढेपछि अनुभव हुने वावातरण तथा अवसरको बारेमा जानकारी दिइएको थियो ।

मंगलबार कलेज हाताभित्र आयोजित कार्यक्रममा अवलोकनकर्ताले कलेजका एकेडेमिक वातावरण, अध्यापन हुने विषय, विद्यार्थी समूह, स्रोध–साधन उपलब्धिलगायत कलेजमा आयोजना हुने कार्यक्रम बारे जानकारी पाएको आयोजकले जनाएको छ ।

प्रदर्शन गर्न कलेजका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीले आ–आफ्ना शीपले सिर्जनात्मक ढंगमा प्रस्तुत गरेका थिए । उत्त कार्यक्रम कलेजमा प्रिन्सिपल माधव प्रसाद न्यौपानेले केलजका सबै अभिभावक तथा नवआगन्तुक विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको जानकारी दिए ।

उनले “कलेज डे करिकुलम, विद्यार्थीको सहभागिता, संकाय सदस्यको दक्षता देखाउने पर्व भएको बताए । “ओपन डे” नेसनल कलेजले विगत ३ वर्षदेखि हरेक वर्ष आयोजना गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप