शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बार्बर सपमा नयाँ कन्सेप्ट : ‘हाम्रो नेपाली सैलुन’

शनिबार, ०५ साउन २०७५, १२ : ५८
शनिबार, ०५ साउन २०७५

काठमाडौं–राजधानीको गल्फुटारस्थित ‘केके मार्ट’ सँगै रहेको भवनमा नियाल्नु भयो भने त्यहाँ ‘हाम्रो नेपाली सैलुन’ नामको बोर्ड देखिन्छ । नेपाली बार्बर सप (हजाम पसल) को भीडमा नयाँ कन्सेप्टसहित खुलेको ‘हाम्रो नेपाली सैलुन’को शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले आफ्नो कपाल काटेर उद्घाटन गरेका छन् । 

अधिकांश गोरखा स्थायी घर भएका २५ जना युवाहरुको समूहले सञ्चालनमा ल्याएको बार्वर सप भिजिट गर्न शनिवार बिहानै नेता श्रेष्ठ गल्फुटार पुगेका थिए । 

नयाँ अवधारणा सहित सञ्चालनमा ल्याइएको बार्बर सपले विदेश पलायन हुने युवाहरुलाई रोक्न मद्दत गर्ने नेता श्रेष्ठले बताएका छन् । 

‘खाडीमा ५० डिग्रीको तापक्रममा पसिना बगाउनुको साटो नेपालमै केहि गर्न सकिन्छ भन्ने उदाहरण हाम्रो नेपाली सैलुनले प्रस्तुत गरेको छ’ उनले भने, ‘यसले परम्परागत सिपलाई परिस्कृत गरेर रोजगारी समेत सिर्जना गरेको देखियो ।’  

अन्य बार्वर सपको तुलनामा आधुनिक प्रविधिसहित खुलेको हाम्रो नेपाली सैलुनले भारतीय हजामहरुलाई रोजगारी दिनुको साटो नेपाली युवाहरुलाई नै तालिम दिएर आकर्षक तलव सुविधा उपलब्ध गराएको बताईएको छ । 

‘हाम्रो नेपाली सैलुनले विदेशी कामदारलाई प्रतिस्थापन गरेको छ’ नेता श्रेष्ठले भने, ‘कपाल काट्ने व्यवसायलाई यो सैलुनले स्वस्थकर र वैज्ञानिक बनाउन खोजेको देखिन्छ ।’ 

सिटीईभिटीको स्विकृतिमा आफैंले तालिम दिएर दक्ष मेनपावर उत्पादन गरेपछि सैलुन शुरु गरेको यो समुहले नेपालमा पहिलोपटक बार्वर सपलाई करको दायरामा ल्याएको दाबी गरेको छ । ‘हामीले सैलुनलाई कम्पनीमा दर्ता गरेका छौं’ सञ्चालक मणि आचार्यले भने, ‘नेपालमा शायदै कपाल काट्ने व्यवसाय करको दायरमा गएको पहिलो पटक हुनुपर्छ ।’ 

फरक–फरक पेसा ब्यवसाय अंगालेको २५ जनाले संयुक्त रुपमा सञ्चालन गरेको ‘हाम्रो नेपाली सैलुन’ ८ लाखको लगानीमा सञ्चालनमा आएको हो । गल्फुटार भन्दा पहिले चेन ब्यवसायको रुपमा काठमाडौंको नयाँ बजार, बनस्थली, कलंकी र गल्कोपाखामा सैलुनको शाखा विस्तार भैसकेको सञ्चालक मध्येका दीपक अर्यालले जानकारी दिएका छन् । 

ल्याण्डमार्क ट्रेनिङ एण्ड डेभलपमेन्ट सेन्टर प्रा.लि द्वारा सञ्चालमा ल्याइएको उक्त सैलुनमा तालिमप्राप्त युवतीहरुलाई पुरुषको कापाल काट्न प्रेरित गरिएको सञ्चालक अर्यालले बताए । 

मानविय स्वास्थ्यलाई ध्यान दिएर एकपटक प्रयोग भएको तौलिया, कैंची र काइयो जस्ता सामग्री स्टेरिलाइजर मेशिन मार्फत स्टेरिलाईजेनशन गरेर मात्र प्रयोग गरिने बताइएको छ । 

‘कपाल काट्ने श्रमिकहरुले सम्मानजनक पारिश्रमिक पाउँछन भन्ने कुरा हामीले स्थापित गर्न खोजेका छौं’ सञ्चालक अर्यालले भने, ‘हरेक साता ठुलो संख्यामा विदेशीने युवा–युवतीलाई केही हदसम्म भएपनि रोकेर हामीले रोजगारीको मुल प्रवाहमा ल्याउन खोजेका छौं ।’ 

ल्याण्डमार्क ट्रेनिङ एण्ड डेभलपमेन्ट सेन्टर प्रा.लि ले चितवन र पोखरामा समेत अत्याधुनिक बार्बर शप खोल्ने तयारी गरिरहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप