पत्रकारमाथि भएको आक्रमणको महासंघद्वारा भत्र्सना
काठमाडौँ । नेपाल पत्रकार महासंघले स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पत्रकारलाई प्रहरीले अन्धाधुन्ध आक्रमण गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारको विरोध गर्दै आज दिउँसो नेपाल तरुण दलले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म निकालेको प्रदर्शनमा समाचार संकलन गरिरहेका पाँचजना पत्रकारमाथि प्रहरीले लाठी, ढुंगा प्रहार गर्नुका साथै कुटपिटसमेत गरेको थियो ।
प्रहरीको आक्रमणबाट हाम्राकुरा डटकमका प्रधानसम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, राजधानी दैनिकका महेश्वर गौतम, न्यूज २४ टेलिभिजनका निवेस कुमार, द हिमालयन टाइम्सका स्कन्द गौतम र प्रविन महर्जन घाइते भएको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रहरीको आक्रमणबाट घाइते भएका पत्रकारको बानेश्वरस्थित निनामती अस्पतालमा उपचार भइरहेको छ । स्वतन्त्रतापूर्वक संविधानले दिएको जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघले जनाएको छ ।
यो घटनाले सरकार प्रेसप्रति कति उदार छ भन्ने थप प्रष्ट्याएको जनाउँदै महासंघले प्रहरीले प्रेसमाथि गरेको ज्यादतीको कडा भत्र्सना गरेको छ । प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदोहो¥याउन महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर