सप्तरी घटनाको छानविनका लागि समिति गठन
महेन्द्रनगर– प्रदेश नं २ सरकारले सप्तरीको मलेठ घटनाबारे छुट्टै छानवीन गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय मन्त्रिस्तरीय समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकको निर्णयअनुसार समितिका सदस्यमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह तथा सदस्य सचिवमा उपन्यायाधिवक्ता कृष्णप्रसाद बराल रहेका छन् । समितिले १५ दिनभित्र मलेठ घटनाको निष्पक्ष छानवीन गरी मन्त्रिपरिषद्मा प्रतिवेदन दिनेछ ।
मलेठमा २०७३ फागुन २३ गते पाँच जनालाई सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएको थियो भने आन्दोलनमा थुप्रै व्यक्ति घाइते भएको थिए । राष्ट्रिय मानवअधिकार आयोगले मलेठ घटनाको छानवीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा उच्चस्तरीय छानवीन आयोग गठन गरेको थियो ।
आयोगले २०७४ जेठ २९ गते नै राष्ट्रिय मानवअधिकार आयोगलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । मानवअधिकार आयोगले सार्वजनिक गरेको मलेठ घटनाको प्रतिवेदन खारेजीको माग गर्दै जनकपुरमा विरोध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला