शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबार कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइ

सोमबार, ०७ साउन २०७५, २० : ११
सोमबार, ०७ साउन २०७५

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ यही साउन १० गते बिहीबार गर्ने भएको छ । 

समितिको आजको बैठकले प्रधानन्यायाधीशमा सिफारिश भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइको मिति तय गरेको हो । 

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले मंगलबार उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका तय भएको जानकारी दिए । जोशीविरुद्ध पाँचवटा उजुरी परेको छ । 

समितिले प्रस्तावित प्रधानन्यायाधीश माथि परेको उजुरीको छानबिन गर्ने गरी आवश्यक तयारी गरेको छ । संघीय संसद् सचिवालयले एक सार्वजनिक सूचनामार्फत उजुरी दिन आग्रह गरेको थियो । 

त्यसको म्याद आइतबार सकिएको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप