शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुत्केरी  महिलाको पाठेघरमा १२ दिनपछि कुहिएका कपडा फेला परेपछि....

मङ्गलबार, २९ साउन २०७५, १८ : ४०
मङ्गलबार, २९ साउन २०७५

-विष्णु आले 

अर्घाखाँची– अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर २ घोरबन्दा निवासी २३ वर्षीय ममता गुरूङलाई सुत्केरी बेथाले च्यापेपछि उनि साउन १६ गते ठाडा प्राथमिक स्वास्थ्य केन्द्र पुगिन् । तर स्वास्थ्यकर्मीले बुटवल अञ्चल अस्पतालमा रिफर गरिदिए । उनलाई रातारात आफन्तहरूले प्रसुती गराउन बुटवल अञ्चल अस्पताल बुटवलमा पुर्याए । बिडम्बना अञ्चल अस्पतालका प्रसुती कक्षमा खटिएका स्वास्थ्यकर्मीहरूले पनि यहाँ आज अस्पतालमा बेडको अभाव देखाउदै उनिहरूले आम्दा अस्पताल बुटवलमा लैजान सल्लाह दिए ।

अञ्चल अस्पतालमा एकैछिन पनि नराखी महिलालाई रातको साढे तिन बजे बुटवल ७ रूपन्देहीमा रहेको आम्दा अस्पताल बुटवलको प्रसुती कक्षमा पुर्याएर भर्ना गरे ।अस्पतालमा भर्ना गरेपछि अर्कोदिन साउन १७ गते बिहान ९ बजेर २७ मिनेटमा नर्मल रूपमा उनले नवजात शिशुलाई जन्म दिईन् । नर्मल डेलीभरी भएपछी आफन्तहरू पनि खुसी भए ।  अस्पतालको प्रसुति कक्षमा सुत्केरी भएको लामो समय बितिसक्दा पनि आफन्तले महिलालाई  भेट्न खोज्दा स्वास्थ्य कर्मीले दिएनन् । जव महिला सुत्केरी भईन्, तव देखी महिलाको पेटदुख्ने ,खान मन नलाग्ने, केही खायो की बोमिट हुने भैरहेपछि स्वास्थ्यकर्मीसँग सल्लाह लिएर अस्पतालबाट डिस्चार्ज गरियो । घरमा सुत्केरी लिएर आफन्त फर्किए ।

घरमा ल्याएदेखि पनि पेट दुख्ने , खान मन नलाग्ने , केही खाएपछी बोमिट हुने,महिलाको शरीर निलो भैरहनु जस्ता लक्ष्यण देखा पर्न थाले । बिस्तारै वरिपरी दुरगन्ध फैलिन थालेपछि महिलाका श्रीमान प्रबत गुरूङ र माईतीपक्षले ठाडा प्राथमिक स्वास्थ्य केन्द्र बाट अवकाश प्राप्त नर्स पुर्णकला रानामगरलाई महिलाई देखाए ।

नर्स रानमगरले महिलाको स्वास्थ्य परिक्षण गर्दा महिलाको पाठेघरबाट सुत्केरी गराउँदा लाहापर्वाहीका कारण छोडिएको कुहिएको प्याड कपडा फेला पारेकी छन् । गुरूङको २३ बर्षीय श्रीमती ममता गुरूङको पाठेघरमा कुहिएका प्याड कपडा फेला परेको हो । नर्मलरूपमा ३७ सय ग्राम तौल भएको नवजात शिशुको जन्म भएपनि  अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको लापर्वाहीका कारण प्रसुति गराउँदा पाठेघरमा प्याडनै छोडेपछि महिलाको ज्यान उच्च जोखिममा परेको हो ।

नर्मल सुत्केरी भएको भन्दै सुत्केरीलाई भेट्न खोज्दा स्वास्थ्यकर्मीले भेट्न नदिएको र अर्को दिन साउन १८ गते पनि सुत्केरी महिलाको स्वास्थ्य परिक्षण नगरि अस्पताल बाट डिस्चार्ज गरिएको ममताको आमा लक्ष्मी दर्लामीले बताईन् ।  महिलाको श्रीमान प्रबत गुरूङले मानिसको स्वास्थ्यप्रति खेलवाड गरि गैर जिम्मेवारपूर्ण काम गर्ने चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि छानबिन गरि कार्बाहीको माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप