सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सुन तस्करी प्रकरण

पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’

शुक्रबार, १४ वैशाख २०८१, १९ : ५६
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को निगरानीमा रहेका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेर शुक्रबार धरौटीमा रिहा भएका उनी ब्युरोको निगरानीमा रहेका हुन् । 

सुन तस्करी प्रकरणमा समेत उनको शंकास्पद भूमिका देखिएकाले सीआईबीले निगरानीमा राखेको हो । ब्युरोका प्रमुख एआईजी श्याम ज्ञवालीले सुन तस्करी प्रकरणको अनुसन्धान जारी रहेको र उनको लिंकअफ देखिएको खण्डमा आवश्यक कदम चालिने बताए । 

उनले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगमा पुनको विषय उल्लेख भएको र यसैलाई आधार बनाएर अनुसन्धान अघि बढिरहेको बताए । तर, अहिले नै उनलाई पक्राउ गर्नेबारे भने कुनै योजना नरहेको ज्ञवालीको भनाइ छ । 

यस्तै ब्युरोका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले पनि उनलाई अहिले पक्राउ नगरिएपनि बयानका लागि उपयुक्त समयमा बोलाइने बताए । आयोगको रिपोर्टमा यसअघि उनबारे ब्युरोले पर्याप्त अनुसन्धान नगरी बयान कागज गराएर छाडेको विषय औँल्याइएको छ ।  उनको मोबाइलको फरेन्सिक जाँच गरिएको देखिएको छैन भने सामान्य बयान कागजमात्रै गराएर उन्मुक्त दिन खोजिएको आरोप लाग्दै आएको छ । उनको संलग्नता ६० किलो सुन तस्करीमा रहेको आरोप लाग्ने गरेको छ।  

पुन आजै रुपन्देही अदालतले मागेको ४ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप