शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डीरोज टेक्नोलोजी सिटीटेकमा गाभियो

मङ्गलबार, २९ साउन २०७५, १८ : ४७
मङ्गलबार, २९ साउन २०७५

काठमाडौं । नेपालमा अवस्थीत २० भन्दा वढि वाणिज्य बैंकहरुलाई शाखा रहित बैंकिङ्ग  पद्धिति विकास गरी सेवा दिदैं आइरहेको डीरोज टेक्नोलोजीज्लाई फाइनटेक स्टार्टअप कम्पनी सिटीटेकले प्राप्ति गर्नको लागी आवश्यक पहल  सुरु गरेको छ ।

वित्तिय संस्थाहरुको लागी सरल र स्वतन्त्र तरिकाले कार्य गर्ने गरी प्रष्ट विचार र नविन सेवा सुरु गरेको यस फाइनटेक स्टार्टअप कम्पनीलाई ठुला घराना समुहले प्रवद्धित गरेको छ ।

उक्त मजर्र सम्बन्धि हस्ताक्षर कार्यक्रममा डीरोज टेक्नोलोजीज्का नेपाल भुषण गौलि र सिटीटेकको तर्फबाट प्रवन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत सजन शर्माले संयुक्त हस्ताक्षर गरी आजको मितिबाट सिटीटेकको नाममा कार्य गरिने व्यवस्था भएको जानकारी दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप