शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटको क्षतिबारे गृहमन्त्री र वनमन्त्रीबीच छलफल

बुधबार, ३० साउन २०७५, २० : ०२
बुधबार, ३० साउन २०७५

जाजरकोट– वन तथा वातारण मन्त्री शक्तिवहादुर बस्नेतले वुधवार गृहमन्त्री रामवहादुर थापासँग जाजरकोटमा भएको क्षतिका विषयमा छलफल गरेका छन् ।  छलफलमा क्षतिको एकिन विवरण तत्काल वुझेर, राहत र पूर्ण स्थापनाका लागि प्याकेज घोषणा गर्ने विषयमा छलफल भएको मन्त्री वस्नेतले जानकारी दिए ।

जिल्लाको सवै ठाउँमा भएका क्षतिको विवरण स्थानीय प्रशासनमार्फत छिटो लिने काम भइरहेको उनले बताए । छिटै राहत, पूर्ण स्थापना र उचित क्षतिपुर्तिका लागि काम यूद्धस्तरमा सरकारको तर्फबाट काम भइरहेको मन्त्री वस्नेतले बताए । जाजरकोटमा असिनाका कारण भएको बाली, नालीमा भएको क्षति, वाढी पहिराबाट भएको क्षति लगाएका विषयमा प्याकेजमै राहत तथा पुर्ण स्थापनका काम तत्काल सुरु गरिने उनले बताए ।

गृहजिल्ला जाजरकोट आएका मन्त्री वस्नेतले यति ठुलो क्षति हुनु दुःखद भएको बताउँदै   मृत्यू भएका उमेर शाहीप्रति श्रदान्जली व्यक्त गदै उनले दुःखमा परेका परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराउने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप