हिन्दुराष्ट्रको मुद्दा जनमत संग्रहबाट छिनोफानो गर्नुपर्छः कांग्रेस महामन्त्री
विराटनगर–नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले हिन्दुराष्ट्रको मुद्दा जनमत संग्रहबाट टुंगो लगाइनुपर्ने बताएका छन् । हिन्दूवादी पार्टी राप्रपाका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रको विषय जनमत संग्रहबाट टुंगो लगाइनु पर्ने बताउँदै आएको बेला कोइरालाले पनि यस्तो अभिव्यक्ति दिएका हुन् ।
राससका अनुसार विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनमत सङ्ग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार व्यक्त गरेका हुन्।
यस्तै उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह पनि गरे ।
उनले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली काङ्ग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने जानकारी दिए ।
अर्को प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ