शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शेयर बजारमा गिरावट

आइतबार, ०३ भदौ २०७५, १५ : ५०
आइतबार, ०३ भदौ २०७५

काठमाडौँ– शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले ओरालो लागेर २५२.५३ बिन्दुमा पुगेको छ । आज कूल १६० कम्पनीको १५ लाख ६४ हजार ६९२ कित्ता शेयर रु ३२ करोड ५२ लाख ३४ हजार ७११ मूल्यमा खरिद बिक्री भएको छ । 

कारोबार रकम बढे पनि बजार ओरालो लागेको हो । गत साता कारोबार रकम र नेप्सेमा समेत बढेको थियो । आज सबै उपसमूहको शेयरमा गिरावट आएको छ । स्टकका अनुसार बैंकिङ ११.९२, होटल २३.०५, विकास बैंक २०.८२, जलविद्युत् ११.३, फाइनान्स ५.४८, निर्जीवन बीमा १०३.२६, उत्पादन १८.३३, अन्य ५.७१, माइक्रोफाइनान्स २३.४३ र जीवन बीमा ६४.८६ बिन्दुले घटेको छ । नागबेली लघुवित्त विकास बैंक, आइसिएफसि फाइनान्स लिमिटेडका लगानीकर्ताले पाँच प्रतिशत गुमाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप