शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालको विज्ञापन करको दायरामा ल्याउन निर्देशन

सोमबार, ०४ भदौ २०७५, १५ : ५५
सोमबार, ०४ भदौ २०७५

काठमाडौं– संघीय संसद विकास तथा प्रविधि समितिले फेसबुकसहितका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।  सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सामाजिक सञ्जालको विज्ञापनबापत् ठूलो रकम बाहिरिएको भन्दै करको दायरामा ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । 

बैठकले अत्याधुनिक प्रविधिको प्रयोग गर्न सक्ने कानुनी व्यवस्था गर्न संसदमा छिटो विधेयक पेश गर्न पनि सरकारलाई निर्देश गरेको छ ।  सूचना र प्रविधिको भरपुर उपयोग हुनेगरी कानुनी व्यवस्था गर्न सरकारलाई छिटो विधेयक संसदमा पेश गर्न पनि सचेत गराइएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले जानकारी दिए ।

समितिले फोर जी सेवा विस्तार, टेलिकमको गुणस्तरमा सुधारलगायतमा देखिएको समस्या समाधानका लागि भइरहेका कामको विवरण १५ दिनभित्र समितिमा पेश गर्न पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

 काभ्रेमा रहेको आईटी पार्कलाई उद्देश्य बमोजिम प्रयोगमा ल्याउने वातावरण बनाउन पनि सरकारलाई सचेत गराइएको समितिका जेष्ठ सदस्य लामाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप