कञ्चनपुरमा पुरुषको वेवारिसे शव भेटियो
सोमबार, १८ भदौ २०७५, ११ : ४८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको राधा नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
शुक्लाफाँटा नगरपालिकाको सीमाप्रवेश गर्ने स्थान राधी नदीको किनारका करिब ४०–४५ वर्षका पुरुषको शव फेला परेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको राधा नदी किनारमा पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शव भेटिएकोबारे प्रहरीलाई आज बिहान साढे १० बजेमात्रै जानकारी आएको कञ्चनपुर प्रहरीले बताएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति करिब ४०–४५ वर्षका पुरुष रहेको उनको नाम, थर तथा ठेगाना अझै खुलेको छैन ।
पुरुषको हत्या गरी शव फालिएको हो वा अन्य कारणबाट मृत्यु भएको हो केही नखुलेको प्रहरीले जनाएको छ ।