शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिजीको दशैं, तिहार तथा छठ योजना, “यसपालीको चाडमा सिजी लाग्यो घरघरमा”

मङ्गलबार, ०९ असोज २०७५, १७ : ५३
मङ्गलबार, ०९ असोज २०७५

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी.ले यसपालीको चाडपर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै आफ्नो “यसपालीको चाडमा, सि.जी. लाग्यो घरघरमा” नामक नयाँ उपहार योजना ल्याएको छ ।

यस उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, ३६% सम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् । साथै, हरेक हप्ता सि.जी.कै रेफ्रिजेरेटर तथा सि.जी.कै टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाईल्याण्ड घुम्ने अवसर पनि रहेको छ ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले सि.जी. ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्ष सम्मको वारेन्टी, ३६% सम्मको बचत, तथा सि.जी. ५.१ स्पिकर लगायत सि.जी. २.१ स्पिकर प्राप्त गर्नेछन् । सि.जी. ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी, २१% सम्मको बचत लगायत इन्टेक्स् फिटरिस्ट् वाच प्राप्त गर्न सक्नेछन् ।

सि.जी. ब्राण्डका वासिङ्ग मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, इन्टेक्स् फिटरिस्ट् वाच लगायत ५ किलोग्राम एरियल डिटरजेन्ट पाउडर प्राप्त गर्न सक्नेछन् । यसैगरि सि.जी. ब्राण्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै उपहारहरु रहेको छ ।

यो योजना कम्पनीले असोज १० गतेबाट देशभरमा सिमित अवधिका लागि मात्र लागु गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप