१० वर्षे छोरालाई ट्याटु खोपाएपछि.... (भिडियोसहित)
अमेरिकाको ओहियोकी एक आमाले आफ्नो १० वर्षे छोरालाई १६ वर्षका लाइसेन्स नभएका आर्टिस्टमार्फत ट्याटु खोपाएपछि पक्राउ परेकी छिन् । छोराले यसका लागि बारम्बार जिद्दी गरेको र यसबाट आजित भएर ट्याटु बनाइदिएको उनले बताइन् ।
३४ वर्षे निक्की डिकिन्शनलाई गत हप्ता बेलेफोन्टाइन, ओहियोमा पक्राउ गरिएको हो । छोराको पाखुरामा ट्याटु बनाउँदै गरेको भिडियो भाइरल भएपछि उनी पक्राउ परेकी हुन् ।
डिकिन्शनले नै ट्याटु बनाइरहेको फुटेज खिचेकाले उनी भिडियोमा भने देखिएकी छैनन् तर आफ्नो सानो छोरालाई यस्तो गर्न अनुमती दिएको उनले स्विकारिन् । छोराले आफ्नो नामको पहिलो अक्षरको ट्याटु बनाउन बारम्बार जिद्दी गरेपछि आफू यस्तो गर्न बाध्य भएको उनले जानकारी दिइन् ।
डिकिन्शनले आफ्नो घरमा बिना लाइसेन्सका किशोर आर्टिस्टमार्फत छोराको ट्याटु खोपाएका कारण उनलाई ६ महिनाको जेल सजायँ तोकिने अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह