शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धुलोबाट हुने एलर्जीका लागि नेती क्रिया

शनिबार, ०७ साउन २०७४, १२ : ०१
शनिबार, ०७ साउन २०७४


प्रह्लादप्रसाद दाहाल योग प्रशिक्षक  
पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट आफूलाई बचाउन धेरैले माक्स प्रयोग गर्छन् तर यतिले मात्र धुलोबाट बच्न सकिन्न । हामीले सास फेर्दा नाकबाट फोक्सोमा पुग्छ । साथै विभिन्न रोग लाग्न सक्छन् । त्यसैले धुलोबाट हुने समस्याबाट बच्न नेती क्रिया फलदायी हुन्छ ।

यसका फाइदा
नेती क्रियाले नाकभित्र हुने झिल्लीको सफाइ गर्छ ।
स्वाप्रस्वासलाई विनाअवरोध चलाई नाक र फोक्सोसम्बन्धी हुने समस्यामा फलदायी हुन्छ ।
आँखाको ज्योति बढाउन मद्दत गर्छ ।
रुघाखोकीमा लाभकारी हुन्छ ।
पिनाश ठीक गर्न मद्दत पुग्छ ।
माइग्रेन हुने साथै टाउको दुखाइमा पनि राम्रो हुन्छ ।

नेती क्रिया गर्ने तरिका
सफा मनतातो पानीमा नुन हालेर नेती गर्ने भाँडोमा हाल्नुहोस् ।
दायाँ नासिकाबाट नेती भाँडोको टुटीलाई राखी टाउको हलुकासँग उठाउनुहोस् ।
दायाँ नासिकाबाट हालिएको पानी बायाँ नासिकाबाट निस्कन्छ । फेरि त्यही प्रक्रियाबाट बायाँ नासिकाबाट सोही प्रक्रिया दोहो¥याउनुहोस् ।
यो प्रक्रिया बिहान–बेलुका जुनसुकै वेला पनि गर्न सकिन्छ ।
नेती क्रिया सकिएपछि नासिकालाई राम्रोसँग सुक्खा बनाउनुपर्छ ।
कम्मर झुकाएर जोडले सास छोड्नुपर्छ । यसो गर्दा भित्र छिरेको पानी बाहिर निस्कन्छ र नासिका सुक्खा हुन्छ ।
नयाँ पत्रिकाबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप