शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बजार अनुगमनलाई तीव्रता, पिनट्समा सिलबन्दी

बिहीबार, २५ असोज २०७५, २१ : ०४
बिहीबार, २५ असोज २०७५

काठमाडौँ-नजिकिँदो चाडबाडलाई लक्षित गर्दै सरकारले बजार अनुगमनलाई तीव्रता दिएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को शुल्क लिइ ठगी गरेको भन्दै न्यूरोडस्थित पिनट्स सपिङ सेन्टरमा सिलबन्दी गरेको छ । अनुगनका क्रममा सेन्टरले उपभोक्तासँग ३०० प्रतिशतसम्म शुल्क असुल गरेको पाइएको विभागका महानिर्देश योगेन्द्र गौचनले जानकारी दिए । 

उनले भने, “अनुगमनका क्रममा व्यापारीले कपडा बिक्री गर्दा परल मूल्यभन्दा २०० देखि ३०० प्रतिशतसम्म बढी लिइएको पाइयो । अत्यधिक नाफा राखेर बिक्री गरेको पाइएपछि सेन्टरमा सिलबन्दी गरेका हौँ ।” 

विभागले अनुसन्धान अधिकृतको संयोजकत्वमा एक समिति बनाएर उक्त सेन्टरका सञ्चालकसँग बयान लिने र छानबिन गर्ने तयारीसमेत गरेको छ । कालोबजारी ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार ती व्यापारीलाई कारवाही हुने विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप