शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री सुष्मा कार्कीको यस्तो छ फिट्नेस रुटिन

शनिबार, ०७ साउन २०७४, १२ : ०९
शनिबार, ०७ साउन २०७४


नेपालकी चर्चित सेलेब्रिटी सुष्मा कार्कीलाई नचिन्ने सायदै कोही होलान् । उनको फिट्नेस चर्चा पनि उत्तिकै हुने गर्छ । सुष्माको फिट्नेसबारे जान्न खोज्ने प्रशंसकको संख्या केही समययता निकै बढेको छ । फिट्नेस शरीरका कारण उनी पटकपटक चर्चामा आइरहन्छिन् ।
 चञ्चले स्वभाव र आफ्नो स्टाइलले आफ्ना नजिकका साथीभाइलाई आफ्नो पकडमा पार्न सक्ने खुबी छ, सुष्माको । मेरो एउटा साथी छ, बाउन्सर, चलेछ बतास सुस्तरी, विन्दास, मेरो जीवन साथी, के यो माया होलगायत फिल्म दिन सफल सुष्माले नयाँ पत्रिकाका रामजी ज्ञवालीसँग आफ्नो फिट्नेस रहस्य खोलेकी छन् ।

फिट्नेस मन्त्र
सन्तुलित खाना बढी मन पर्छ । काम गर्दा शरीरलाई चाहिने डाइटबारे निकै सचेत छु । राति समयमै सुत्ने हो भने बिहान समयमै उठ्न जरुरी ठान्छु । कम्तीमा ११ नबजेसम्म सुतिसक्छु । फिल्म, म्युजिक भिडियोको काम भए अर्को दिन १२ बजेसम्म आराम गर्छु । काम भयो भने बिहानै उठ्नुपर्छ । सामान्य अवस्थामा ६–७ बजेसम्म उठिसक्छु ।

फिट्नेस रुटिन
व्यस्त दिनचर्यामा शरीर र दिमागलाई सन्तुलन राख्न सक्नुपर्छ । त्यसका लागि व्यायाम, योग अनिवार्य छ । केही समयको व्यस्तताले जिम नगए पनि आजभोलि जिम जान थालेकी छु । जिम सेन्टरमा कम्तीमा डेढ घन्टा बित्छ । विभिन्न स्टेपका जिम मैले निरन्तर गरिराखेकी छु ।

फिट्नेस जीवन
उमेर बढ्दै जाँदा शरीरको सन्तुलन पनि बिग्रिँदै जाने हुन सक्छ । त्यसैले फिटनेसमा ध्यान दिन निकै जरुरी छ । फिट्नेस जीवनको एक महŒवपूर्ण भाग हो । सकेसम्म समय मिलाएर फिट्नेस जान जरुरी लाग्छ । फिट्नेस जाने मान्छेलाई रोगले पनि छुन सक्दैन भन्ने मैले बुझेकी छु ।

डाइट आवश्यक
बिल्कुलै साधारण खाना खान मन पराउँछु । नास्तामा ससेस, फिस बल खाइरहन्छु । यो सबै हङकङबाट आएको हुन्छ । मानिसले आफ्नो ज्यान हेरेर कतिसम्म डाइटिङ गर्ने भन्ने कुराको भर पर्छ । मैले दिनमा ६ पटकसम्म विभिन्न थरीका खानेकुरा खान्छु । डाइटमा कार्बोहाइडे«ट, प्रोटिन र फाइबरको मात्रा पर्याप्त मात्रा लिन्छु । आकर्षक शरीरका लागि प्रोटिनयुक्त खाना अनिवार्य खानुपर्छ । बिहान एक कप ब्ल्याक टी खान्छु ।

डेढ घन्टा व्यायाम
बिहान एक–डेढ घन्टा व्यायाम गर्छु । अरूले भन्दा पनि सेलिब्रेटीले फिटनेसबारे अझ बढी चनाखो हुन जरुरी भएकाले म व्यायामलाई कहिल्यै छुटाउँदिनँ । बिहान डान्स र वार्मवक पनि गरिरहेकी हुन्छु ।

कोरियन खाना
नेपाली खाना त्यत्ति नखाए पनि मैले कोरियन खाना भने खाइरहेकी हुन्छु । मान्छेका आ–आफ्ना रुचिका विषय हुन्छन् । त्यस्तै, कोरियन खाना मेरो रुचिको खाना हो । चलचित्र क्षेत्रमा आएपछि मैले आफूलाई सधैँ फिट राख्न के–के गर्नुपर्छ सबै गरिराखेकी हुन्छु ।

प्रशस्त पानी
आपूmलाई फिट राख्न सधैँ पानी प्रशस्त खान्छु । दिनहुँ कमसेकम दुईतीन लिटर पानी अनिवार्य खान्छु । म बिहान एक लिटर पानी पिउँछु । शरीरमा पानीको कमीले मेटाबोलिज्मलाई कम गर्छ । त्यसैले, प्यास लाग्ने समय नकुरी धेरै पानी पिउनुपर्छ भन्ने सन्देश अरूलाई पनि दिन चाहन्छु ।

फलफूलको प्रयोग
सुन्तला, मौसमजस्ता फलफूलमा साल्युबल फाइबरको मात्रा धेरै हुन्छ । त्यसैले यस्ता फल खानाले पाचन प्रक्रिया बिस्तारै हुन्छ र पेट छिट्टै खाली हुन्छ । यीबाहेक अरू फलफूल सेवनमा जोड दिनुपर्छ ।
नयाँ पत्रिकाबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप