शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कागजी परिवर्तनले मात्र देशको विकास हुन सक्दैन : मेयर सुवेदी

शनिबार, २७ असोज २०७५, १३ : ५२
शनिबार, २७ असोज २०७५

बुटवल–बुटवल उपमहानगरका मेयर शिव सुवेदीले देशमा आमुल परिवर्तन आए पनि मानिसको बानी व्यवहारमा  परिवर्तन आउन नसक्दा साँचो अर्थमा परिवर्तन आउन नसकेको धारणा राखेका छन ।   

    रुपन्देही ब्यापार संघले शनिवार विजय दशमी , शुभ दिपावी तथा छठ पर्वको अवसरमा राखेको शुभकामना आदन प्रदान कार्यक्रममा उनले यस्तो  धारणा राखेका  हुन् ।

  मेयर सुवेदीले भने–‘अहिलेको परिवर्तन युगिन परिवर्तन हो ।  यस्तो परिवर्तन ल्याउन अन्य मुलुकले ठुलो क्षति भोगेका थिए तर हामीले कम  क्षतिमा ठूलो परिवर्तन ल्याएका छौं ।  तर, हाम्रो बानी ब्यबहारमा भने परिवर्तन आउन नसक्दा साँचो अर्थमा परिवर्तन आउन नसकेको हो ।’

 उनले मानिसको बानी ब्यवहारमा परिवर्तन नआएसम्म कागजी परिवर्तनले मात्र देशको विकास हुन नसक्ने धारणा राखे । 
 कार्यक्रममा प्रदेश ५ को  क्षेत्रीय प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी राजेन्द्र श्रेष्ठ , नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष गोेविन्द गैरे, होटल तथा रेष्टुरेण्ट संघका अध्यक्ष समुन्द्र , ब्यापार संघका  निर्वतमान अध्यक्ष प्रकाश ढकाल,  पुर्व अध्यक्ष शंकर भट्टराई, सल्लाहकार डाक्टर रोहितराज क्षेत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष यमलाल लोहनीको स्वागत मन्तव्य र महासचिव प्रकाश ढकालको सञ्चालन रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप