शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आइतबार, २८ असोज २०७५, ०५ : ५५
आइतबार, २८ असोज २०७५

आजको राशिफल

वि.सं.२०७५ साल असोज २८ गते । आईतबार । ईश्वी सन् २०१८ अक्टोबर १४ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । आष्विन शुक्ल पक्ष । तिथि पञ्चमी,०४ घडी ११ पला,बिहान ०७ बजेर ४४ मिनेट उप्रान्त षष्ठि । नक्षत्र ज्येष्ठा,२३ घडी २९ पला,दिउँसो ०३ बजेर २७ मिनेट उप्रान्त मूल । योग सौभाग्य,१० घडि १७ पला,बिहान १० बजेर १० मिनेट उप्रान्त शोभन । करण बालव,बिहान ०७ बजेर ४४ मिनेट उप्रान्त कौलव,बेलुकी ०८ बजेर १६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा काण योग । चन्द्रराशि  बृष्चिक,दिउँसो ०३ बजेर २७  मिनेट उप्रान्त धनु  । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ०१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३५ मिनेट । दिनमान २९ घडी ०७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ कुराको खोज तथा अनुशन्धानमा समय बित्ने तथा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँने समय रहेकोछ भने नसोचेको सम्पति हात लागि हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँने भएपनि काम गर्न असहज हुँने छैन । माया प्रेममा एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नभएपनि घाटा लाग्ने छैन  । साझपख छोटो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ । 

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । बिद्यार्थिहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुनेछ । साझपख यात्रा गर्दा ख्याल गर्नुहोला ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अघिपछि तपाईका कुरा काट्नेहरु तपाईको प्रशंसा गर्दै जानेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै निर्यायक तहमा पुगिनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँने हुनालेमन प्रसन्न हुनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या भए समाधान भएर जानेछ । ऋण तथा संकटबाट छुटकारा पाउँने समय रहेकोछ । व्यापार व्यावसायमा सुधार भई प्रशस्त आम्दानि हुनेछ । साझपख व्यावसायिक यात्रा हुने प्रसस्त सम्भावना रहेकोछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुने हुदा आफुले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान तथा छोराछोरी सँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानि गरि आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रयत्न गर्दा महत्पपुर्ण कामहरु सम्पादन हुनेछन् । पछि सम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानि बढ्ने हुदा लगानि गर्ने अवसर जुर्नेछ । माया आफन्त तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानि बढाउन सकिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पुराना समस्याहरुलाई केहि समय दिएर सल्टाउँन सकिनेछ भने नयाँ नयाँ काम गरि रोजगारिका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिद्यार्थिहरुले आफ्नो प्रतिष्पर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् भने पढाई लेखाईमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने हुनालेमन प्रशन्न रहनेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समाजमा बोलिको प्रभाव बढ्ने हुनालेबोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफुतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनालेआर्थिक व्याबस्थापन सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भ) स्वास्थ्य क्षेत्रमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशसमा बसेर समय खर्चिनेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । पढाई लेखाईमा मन जाने हुनालेअन्य दिन भन्दा सुधार भएर जानेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि भने समय मध्ययम रहेकोछ । अग्रज तथा आफन्तको सुझाबलाई मान्दै अगाडि बढे चाहेको गन्तब्य पहिल्याउँन सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुनेछ । बिशेष गरि हाईड्रो पावर,पानि तथा औषधि सँग सम्बन्धित ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचेअनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुँनेछन् । सवारि साधन प्राप्त हुँने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण झन कसिलो भएर जानेछ । 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउँने समय रहेकोछ भने व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन कमाउँन सक्नेछन् । बवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगिहरुले तपाईकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ कार्य आरभ्भ गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनालेशरिरका थप उर्जा पैदा हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको बिकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनालेमन  शान्त रहनेछ ।

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप