ती बलिउड स्टार्स जसले ४० को संघारमा विवाह गरे
आजकाल बलिउडमा दीपिका पादुकोण र रणबीर सिंहको विवाहको निकै चर्चा छ । विगत तीन वर्षदेखि डेट गरिरहेका दीपिका र रणबीर नोभेम्बर १४ र १५ मा विवाह बन्धनमा बाँधिदैछन् । दीपिका ३२ वर्ष पुगिन् भने रणबीर ३३ वर्षका भए ।
यद्यपी, बलिउड कलाकारको विवाहमा उमेर कहिले पनि समस्या बनेन । कतिले ४० वर्ष कटेपछि पनि विवाह गरेका छन् । आउनुहोस्, यस्ता केही जोडीबारे चर्चा गरौं जसले ४० को संघारमा विवाह गरे ।
नेहा धुपियाभन्दा दुई वर्ष कान्छा छन् अंगद बेदीः
नेहा धुपियाले आफ्ना प्रेमी अंगद बेदीसँग यसै वर्ष मे मा विवाह गरिन् । नेहाले ३८ वर्षको उमेरमा र अंगदले ३५ वर्षमा विवाह गरे ।
करिना ३२ कि र सेफ ४२ का थिएः
करिनाले सन् २०१२ मा सेफ अली खानसँग विवाह गरिन् । त्यतिबेला करिब ३२ वर्षकी थिइन् भने सेफ अली खान ४२ वर्षका थिए ।
बिपाशाभन्दा तीन वर्ष कान्छा छन् करण सिंह ग्रोवरः
बलिउड नायिका बिपाशा बसुले सन् २०१६ मा करण सिंह ग्रोवरसँग विवाह गरिन् । विवाहका बेला बिपाशा ३७ वर्षकी थिइन् भने करण सिंह ग्रोवर ३४ वर्षका थिए ।
विवाह गर्दा ४५ का थिए आमिरः
पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेको तीन वर्षपछि आमिर खानले निर्देशक किरण रावसँग विवाह गरे । दोस्रो विवाह गर्दा आमिर खान ४५ वर्षका थिए ।
विवाह गर्दा ४१ वर्षकी थिइन् प्रिति जिन्टाः
प्रिति जिन्टाले आफ्ना प्रेमी जिन गुडएनएफसँग सन् २०१६ मा विवाह गरिन् । विवाह गर्दा उनी ४१ वर्षकी थिइन् ।
त्यतिबेला ४० वर्षका थिए बोनी कपुरः
बोनी कपुर र श्रीदेवीको लभ स्टोरी अफेयरबाट सुरु भयो र अनियोजित गर्भ बसेपछि विवाह गरे । त्यतिबेला बोनी ४० वर्षका थिए ।
त्यतिबेला ४९ वर्षका थिए संजय दत्तः
संजय दत्तले मान्यतासँग तेस्रो विवाह गरेका हुन् । सन् २००८ मा दुबै विवाह बन्धनमा बाँधिए । त्यतिबेला संजय दत्त ४९ वर्षका थिए ।
४२ वर्षमा उर्मिला मातोन्डकरले गरिन् विवाहः
उर्मिला मातोन्डकरले सन् २०१६ मा व्यापारी र मोडल मोहसिन अख्तरसँग विवाह गरिन् । त्यतिबेला उर्मिला ४२ वर्षकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम