शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी प्रधान कार्यालयद्वारा १७ डिआइजीको हेरफेर, को कहाँ पुगे ? (नामसहित)

मङ्गलबार, ०६ कात्तिक २०७५, २० : १९
मङ्गलबार, ०६ कात्तिक २०७५

काठमाडौं– प्रहरी प्रधान कार्यालयले मंगलबार ११ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरुको पदस्थापन गरेको छ । असोज २८ गतदेखि लागू हुने गरी प्रहरी प्रधान कार्यालयले सो निर्णय गरेको हो । 
असोज २८ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार बढुवा भएका डिआइजीहरुलाई पदस्थापन गर्न गृहमन्त्रालयले मंगलबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो ।

सोही पत्र बमोजिम डिआइजीहरुको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पदस्थापन अनुसार प्रहरी प्रवक्तामा एसएसपी उत्तमराज सुवेदी आएका छन् भने महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शैलेश थापा आएका छन् । त्यस्तै २ नम्बर प्रदेशमा हरि पाल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रधुम्नकुमार कार्कीलाई खटाइएको छ ।   

त्यस्तै आजै प्रहरी प्रधान कार्यालयले ६ जना डिआइजीहरुको सरुवा समेत गरेको छ । डिआइजी मुकुन्द न्यौपानेलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ भने शेरबहादुर बस्नेतलाई महानगरीय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । 

कुन डिआइजी कहाँ सरुवा भए र को कहाँ पदस्थापन भए तलको तालिका हेर्नुहोस् : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप