शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेवाग्राही दिक्क नहुन् भनेर वाइफाइ र नयाँ कुर्सी

बुधबार, ०७ कात्तिक २०७५, ०६ : ०९
बुधबार, ०७ कात्तिक २०७५

चितवन - नागरिकता, राहदानी लगायतका काम लिएर चितवन जिल्ला प्रशासन जाने सेवाग्राहीले कुर्सीमै बसेर पालो कुर्न पाएका छन् । 

कुर्दा दिक्दार नहोस् भनेर प्रशासनले मोबाइल फोनमा इन्टरनेट चलाउने व्यवस्था मिलाएको छ । 

'नागरिकता फाँटमा अलि भीडभाड हुने भएकाले सोचेजस्तो चाडो काम नहुन सक्छ ।' चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, 'कुरेर बस्ने सेवाग्राही दिक्क नहुन् भनेर फ्रि राउटरको वाइफाइ राखेका छौं ।'

उनका अनुसार, सेवाग्राही बस्नका लागि टिकाउ र राम्रा कुर्सी पनि छन् । आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप