शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ठेकदारको यस्तो लापरबाही : कालोपत्रे बन्यो सेतो

आइतबार, ०८ साउन २०७४, ०८ : ५२
आइतबार, ०८ साउन २०७४

-चुरामणि अर्याल
कपिलवस्तु - सडक कालोपत्रे भएपछि कालो देखिनुपर्ने हो, तर त्यसो नभएर सेतो देखिएको छ । तपाईलाइ सुन्दा अचम्म लाग्न सक्छ , तर यो वास्तविकता हो ।

कपिलवस्तुको वाणगंगा ९ पडरिया टोलमा हालै कालोपत्रे गरिएको एउटा भित्री सडकको दृश्य यस्तै छ ।

वाणगंगा नगरपालिकाको योजना अन्र्तगत सम्पन्न भएको पडरियाको एक सय पचास मिटर सडक कालोपत्रे गर्ने क्रममा ठेकदारले लापरबाही गर्दा सडक सेतो देखिएको हो ।

पडरिया प्रतिक्षालय देखि दक्षिण विद्यालय जाने सडक कालोपत्रे गर्ने क्रममा अन्तिममा विछ्याइने सिलकोट (क्रेसरको वालुवा घोटेर वनाइने धुलो) को सट्टा ठेकदारले माटो सहितको वालुवा कालोपत्रे माथि विछ्याएको पाइएको छ ।

पडरिया कालो पत्रे उपभोत्ता समिति गठन गरी सो बाटो खनिएको हो । समिति मार्फत स्थानिय रेशम वहादुर केसीलाई ४ लाख ४० हजारमा ठेक्का दिइएको थियो ।

योजनामा २ सय १० मिटर भएपनि बाटो मर्मत गर्दा केहि रकम खर्च भएको र जम्मा १ सय ५० मिटर मात्र कालोपत्रे गर्न ठेक्का दिइएको थियो ।

उपभोत्ता समिति अध्यक्ष छत्र वहादुर ओलीले ठेकदारले बाटो कालो पत्रे गर्दा लापरबाीिह गरेको आरोप लगाए ।

उनले भने “म अस्पतालमा थिएँ, त्यहि समयमा हतार हतार पिच गरियो, एक दिन पछि गरौंला भन्दा पनि ठेकदारले मानेन् ।”
उता ठेकदार पक्षले भने तोकिएकै मापदण्ड अनुसार काम भएको बताएको छ । शनिवार नगरपलिकाबाट आएको प्राविधिक टोलीले सो सडकको निरीक्षण गरेको छ ।

टोलिले समेत मापदण्ड अनुसार काम नभएको बताएको छ । टोलीले सादा बालुवा बिछ्याउनु गलत भएको र त्यसको रकम कटौति गरी ठेकदारलाई भुक्तानी दिन समितिलाई सुझाव दिएको छ ।

नगरपालिकाको ५ लाख ५२ हजार ८ सय ८२ र उपभोत्ताको श्रमदान  गरी कुल ६ लाख  ७७ हजार २ सय ४६ रुपियाको लागतमा सो योजना सम्पन्न भएको हो ।

हालै सम्पन्न स्थानिय निर्वाचनवाट निर्वाचित वाणगंगा नगरकार्य समिति सदस्य केशरा गुरुङको घर सोही बाटोमा पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप