शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबारवाट फोर्स मोटरको एक्सचेन्ज अफर

आइतबार, ०८ साउन २०७४, १३ : ०७
आइतबार, ०८ साउन २०७४

काठमाडौं–फोर्स मोटर्सको नेपालकालागि आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले सोमबारवाट आकर्षक एक्सचेन्ज अफर सुरु गर्ने भएको छ । कम्पनीले बिषेश योजना सहित यो आफर सुरु गर्न लागेको हो । 


ग्राहकलाई पुरानो वा थोत्रो गाडीको मुल्य ५ लाख रुपैयाँ दिनेगरि सुरु हुन लागेको यो अफरमा ग्राहकले त्यो मुल्य समायोजन गरि १४ सिट क्षमताको ट्रक्स क्रुजर जीप खरिद गर्न सक्ने जनाइएको छ । यस्तै, सोही मुल्य समायोजन गरि २६ सिट क्षमताको ट्राभलर मिनी बस समेत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 


कम्पनीले आफ्नो उत्पादन खरिदमा एक बर्षको कर छुट, ३ बर्ष वा ३ लाख किलोमिटर वारेन्टी, स्पेयर पार्टसमा आजिवन ७ प्रतिशत छुट  सात पटक निशुल्क सर्भिसको सुविधा पाउने जनाएका छ । आफ्नो व्यापार विस्तार योजना अन्र्तगत कम्पनीले या अफ सञ्चालन गर्न लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप