शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित गायक गंगा श्रेष्ठ ‘बरदान’ माथि कुटपिट

सोमबार, २६ कात्तिक २०७५, १८ : ३८
सोमबार, २६ कात्तिक २०७५

मोरङ – चर्चित गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘वरदान’ माथि कुटपिट भएको छ । मोरङको बेलबारी नगरपालिका बेलबारी–२ स्थित घरबाट धरानतर्फ जाँदै गर्दा उनी कुटिएका हुन् । 

पत्नीसहित ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बसमा चढेर यात्रा गरिरहेका गायक वरदानलाई सोही यातायातका कन्डक्टर र सहचालक समेत कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिएका छन् ।

कुटपिटबाट गायक श्रेष्ठको कन्चटमा गम्भिर चोट लागेको छ भने निधारको वायाँ भाग सुन्निएको छ । गायक श्रेष्ठमाथि कुटपिट गरेर भागेको बसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका ३ का २६ वर्षीय निरन घिमिरे र सहचालक सुजन श्रेष्ठलाई प्रहरीले मोरङको गछियाबाट नियन्त्रणमा लिएको छ ।

गायकमाथि कुटपिट गर्नेलाई सोमवार सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको निरीक्षक राईले जाकारी दिए । गायकलाई काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको बसका कन्डक्टर मोरङ उर्लाबारी नगरपालिकाका २० वर्षीय रोशन श्रेष्ठ, सहचालक झापा दमक नगरपालिका १० का २१ वर्षीय सुजन श्रेष्ठ समेतले बेलबारीको लालभित्तीमा पुगेपछि कुटपिट गरेको प्रहरीको भनाई छ । 

गायकलाई कुटपिट गर्नेमध्ये कन्डक्टर रोशन श्रेष्ठ अहिले फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  यात्राको क्रममा बसमा बस्ने सिटको विषयमा विवाद भएपछि गायक बरदानमाथि कुटपिट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बसका कर्मचारीले बसभित्रै कुटपिट गर्न थालेपछि यात्रुहरुमा समेत खैलाबैला मच्चिएको थियो । 

बसमा यात्रा गरिरहेका यात्रुहरु समेत त्यहाँबाट ओर्लिएर कुटपिटमा संलग्नमाथि कारवाही हुनुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय बेलबारीमा आएको प्रहरीले बताएको छ । फरक जीवन शैली, पहिरन र गायन शैलीका कारण गंगा वरदान चर्चित छन् । उनको छपनीले छान छान.., बजारै झरांै न धरानै..लगायतको थुप्रै गीतहरु हिट छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप