शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षाका लागि विश्व अभियानको सम्मेलन काठमाडौंमा हुने

बिहीबार, २९ कात्तिक २०७५, १७ : ५८
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं– ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।  अभियानले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी छैठौं सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु हुने जानकारी गराएको हो । 

विश्वभरका शिक्षा अधिकारकर्मीहरुको साझा सञ्जालको रुपमा रहेको सो अभियानको सम्मेलनमा सय भन्दा बढी देशका २ सय ५० जनाभन्दा बढि शिक्षाप्रेमीहरु सहभागी हुनेछन । सम्मेलनलाई संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मद, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

अभियानले न्याय, समानता र समावेशीताको लागि सार्वजनिक शिक्षाको रुपान्तरणमा जोड दिँदै आएको छ । सम्मेलनले अभियानको नया नेतृत्व पनि चयन गर्ने शिक्षाका लागि विश्व अभियानकी अध्यक्ष क्यामिला क्रोशोले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप