प्रा. डा. पोखरेललाई मातृ शोक
आइतबार, ०२ मङ्सिर २०७५, १० : ५५
लेखक तथा स्तम्भकार प्रा.डा. बद्रीविशाल पोखरेललाई मातृशोक परेको छ । पोखरेलकी माता हरिमाया पोखरेलको हिजो राति ९.३० बजे निधन भएको हो ।
स्व. पोखरेल १९८० पुसमा भोजपुर जिल्ला केउरेनीपानी हाल षडानन्द नगरपालिकास्थित गढीगाउँ, दिङ्लामा स्व. मङ्गला गुरागाईं स्व. नित्यप्रसाद गुरागाईंकी जेठी छोरीका रूपमा जन्म भएको थियो ।
दस वर्षका उमेरमा दिङ्ला कटहरे बितलबका स्व. रामानाथ र स्व. पुण्यमता पोखरेलका जेठा छोरा पं. घनश्याम पोखरेलसित द्वितीय पत्नीका रूपमा विवाह बन्धनमा बाँधिएकी स्व. पोखरेलका प्रा.डा. बद्रीविशाल पोखरेलसहित दुई छोरा र दुई छोरी छन् ।