शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले जनमत अनुसार काम गर्नुपर्छ : प्रमुख सचेतक गुरुङ

आइतबार, ०२ मङ्सिर २०७५, १८ : ५२
आइतबार, ०२ मङ्सिर २०७५

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकारले जनमत अनुसार काम गर्नुपर्ने बताएका छन् । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको कार्यक्रममा नेता गुरुङले जनताको जनमतअनुसार राज्यका सबै अङ्ग रुपान्तरण हुनुपर्ने बताए । 

‘सङ्घीयता कार्यान्वयन गर्ने विषयमा केही अन्योल देखिएकाले काममा केही ढिलासुस्ती भएको हो,’ उनले भने, ‘सङ्क्रमणकाल जारी रहेकाले व्यवस्थामा रुपान्तरण गर्दै जानुको विकल्प छैन ।’ 

उनले संविधानतः देशमा बहुदलीय प्रणाली रहेको भने तापनि देश दुईदलीय प्रणालीतर्फ जान लागेको बताए । दुईदलीय व्यवस्थामा जान लागेको अवस्थामा कम्युनिष्ट एक भएर जानाको विकल्प नरहेको उनको भनाइ थियो । 

हाल सदनमा प्रतिपक्षको भूमिका नकारात्मकभन्दा पनि सकारात्मक रहेकाले काङ्ग्रेसले विभिन्न विधेयक पारित गर्दा देखाएको समर्थनले सो कुरा प्रष्ट्याएको र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको नेता गुरुङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप