राराको पर्यटन विकासमा सङ्घीय सरकारको चासो देखिएन : मुख्यमन्त्री शाही
रारा । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा पर्यटन विकास गुरुयोजना निर्माण गर्न लागेको बताएका छन् ।
शाहीले आज पत्रकारसँग कुरा गर्दै प्रदेश सरकारले राराको प्रचारप्रसार गरी पर्यटन विकास गर्न दबाब सिर्जना होस् भन्ने उद्देश्यका साथ गत वैशाख १ गते प्रधानमन्त्रीसहितको टोली रारा पु¥याएर कर्णाली रारा पर्यटन वर्ष २०७५ को घोषणा गरेपनि संघीय सरकारले खासै चासो नदेखाएको आरोप लगाए ।
फरक प्रसङ्गमा मन्त्री शाहीले नाग्म–गमगढी–रारा तथा नाग्म–गमगढी–नाक्चे लाग्ना सडकका लागि विश्व बैंक, बेलायती विकास सहयोग नियोगलगायत अन्तर्राष्ट्रिय दातृ निकायले लगानी गर्ने चासो देखाएको जानकारी दिए ।
सङ्घीय सरकारसँगको विस्तृत छलफल गराई सङ्घीय सरकारको अनुमति पाउनेबित्तिकै विश्व बैंकले सडक निर्माणका लागि प्रक्रिया अगाडि बढाउने शाहीले बताए ।
राराको पर्यटन विकासका लागि निकुञ्ज पनि बाधक देखिएकाले यसका लागि प्रदेश सरकारले राष्ट्रिय निकुञ्ज नियमावली बनाउन पहल गर्ने र नियमावली बनि सकेपछि रारामा बन्ने अन्तर्राष्ट्रिय मापदण्डका सुविधा सम्पन्न होटेल खुल्न सहज हुने उनले बताए ।
सुविधा सम्पन्न होटेल तथा पूर्वाधार विकासका लागि सबैभन्दा पहिले मुगु र मध्यवर्ती क्षेत्रका स्थानीयवासीको शेयर लगानी गर्ने र स्थानीयलाई फाइदा पुग्ने गरी मात्र प्रदेश सरकारले पर्यटन विकासको काम गर्ने मुख्य मन्त्री शाहीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै