मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जग्गा विवादमा दलित परिवारका ६० वर्षिय बृद्ध सहित परिवार लाई निर्मम यातना

सोमबार, ०९ साउन २०७४, २१ : ४७
सोमबार, ०९ साउन २०७४

बिन्दु कुमार चौहान 


लुम्बिनी – रुपन्देहीको मर्चवारमा  दलितसँग प्रेमगरेको निर्घात कूटपीट घटना सेलाउन नपाउदै लुम्बिनीमा जग्गा बिबादमा  अर्को दलित परिवार माथि कूटपीट भएको छ । 
ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार सामान्य जग्गा बिबादमा लुम्बिनी साँस्कृतिक नगरपालिका ६ तेनुहवा बस्ने शान्ति हरिजनको  घरमा छिमेकी श्रीवास्तव परिवारद्वारा प्रवेश गरि सर–सामान तोडफोड तथा महिला माथि अभद्र ब्यवहार गरिएको हो ।
छिमेकी आक्रमणमा परि ६० बर्षीया शान्ति हरिजन, निजको छोरा २५ बर्षीय सुनिल हरिजन बुहारी २२ बर्षीया रीता हरिजन,र ४० बर्षीय घनश्याम हरिजन घाईते भई महिजिदिया स्थित स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको ईप्रका लुम्बिनीका सई महेन्द्र पोखरेलले जानकारी गराए । 


उनले बिनोद  श्रीवास्तव,चन्द्रभुवन श्रीवास्तव र सूरज श्रीवास्तव बिरुद्ध सार्बजनिक अपराध सम्बन्धी उजुरीको आधारमा आरोपितहरुको खोजी भईरहेको बताए । 
सामान्य जग्गा बिबादकै कारण बिनोद श्रीवास्तव परिवारले सामुहिक रुपमा दलित महिला शान्ति हरिजनको घरमा प्रवेश गरि बाकस, खाट,कपडालत्ता तोडफोड र तितरबितरण पारेको घटनाको सत्यतथ्य छानबीन गरि पीडितलाई न्याय दिलाउनु पर्ने महिला वडा सदस्य अनिता श्रीवास्तवले जानकारी गराईन । 


तर उक्त घटनामा दुबै पक्षबाट प्रहरी समक्ष जाहेरी परेको हुदा घाईतेहरु औषधी गराए पछि छलफल तथा आवश्यक कार्यवाही प्रक्रिया अघि बढाईने ईलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप