शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहलाई अर्थमन्त्रीको निर्देशन : दिमाग चलाउनुस्, मुख चलाएर विकास हुँदैन

शुक्रबार, ०७ मङ्सिर २०७५, १२ : २१
शुक्रबार, ०७ मङ्सिर २०७५

काठमाडौँ । अर्थमन्त्री डा. यूवराज खतिवडाले  स्थानीय तहका जनप्रतिनिधीहरुलाई दिमाग  चलाएर विकास गर्न निर्देशन दिएका छन् । 

स्थानीय तहले दुईवटा हात चलाएर  अर्थात् सहकारी र नीजि क्षेत्रलाई प्रयोग गरेर विकास गर्नु पर्नेमा उनले जोड दिएका हुन् ।

उनले भने, ‘हात मात्र चलाएर हुदैन दिमाग पनि चलाउनुस् । मुख धेरै नचलाउनुस् नीजि र सहकारी क्षेत्रलाई सही परिचालन गरेर विकासमा  लाग्नुस् ।’

उनले स्थानीय तहले सहकारीलाई पूर्वाधार बनाइदिन र सहकारीका उत्पादनलाई बजारीकरणमा सहज बनाइदिने हो भने सहकारीमार्फत विकास गर्न सकिने पनि उनले भने । 

‘सरकारले सहकारी पुग्न नसकेको स्थानमा बाटो देखाइदिने हो, बाटो देखाइदिने काम सरकारको हो, बाँकी काम सहकारीले गर्नुपर्छ । सरकार त ठुला ठुला काममा लाग्ने हो,’ अर्थमन्त्री डा. खतिवडाले भने । 

साथै, उनले सरकार सहकारी र नीजि क्षेत्रले सहकार्य गरेर अघि बढ्नुपर्ने बताउँदै एक आपसमा प्रतिस्पर्धा होइन सहकार्य गर्न पनि आग्रह गरे । 

यता, तीन नम्बर प्रदेशका सभासद पशुपति चौलागाइले  एनजिओ र सहकारीलाई एउटै आँखाले हेर्न नहुने पनि बताए । तीन वटै तहका सरकारले आफ्नो आफ्नो सहकारी ऐनमार्फत काम गर्ने चौलागाइले उल्लेख गरे । 

सहकारी क्षेत्रको प्रवद्धर्नमा प्रदेश तथा स्थानीय तहको भुमिका विषयक प्रादेशिक गोष्ठी राजधानीमा आजबाट शुरु भएको छ ।  

विशेष गरी यो तीन नम्बर प्रदेशको गोष्ठी हो । गोष्ठी मंसिर ७ र ८ गते दुई दिनसम्म चल्नेछ । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप