शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

७ एल्बम र एक उपन्यास एकसाथ बिमोचन

सोमबार, १० मङ्सिर २०७५, १२ : ११
सोमबार, १० मङ्सिर २०७५

काठमाडौं – राष्ट्रकवि माधव प्रसाद घिमिरे ५१ हजार नगद सहित सम्मानित भएका छन् । राजधानीको राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा उनलाई गीतकार डी.आर. उपाध्यायले सम्मान पत्र, दोसल्ला सहित उक्त रकम द्धारा सम्मान गरेका हुन् । 

मञ्चमा राष्ट्रकवि घिमिरेले गीतकार डी.आर. उपाध्यायका   ७ एल्बम र एक उपन्यास एकसाथ बिमोचन गरेका थिए ।

राष्टकवि घिमिरेका गीत, कविता तथा सम्पूर्ण सिर्जनाबाट प्रेरित गीतकार उपाध्यायले घिमिरेकै प्रेरणाबाट एकसाथ ७ एल्बम ल्याउन सफल भएका हुन् । 

एकै पटक ७ एल्वम सार्वजनिक गर्ने सम्भवत नेपालकै पहिलो व्यक्ति गीतकार उपाध्यायनै हुन् । यो कामको विश्व रेकर्डका लागि पनि पहल थालिने भएको छ । 

उक्त समारोहमा जखम, माउन्टेन मेलोडी, नसालु नजर, जोहो, अन्तराप, प्रतिनाद र सहेली एल्वम तथा दगाबाज उपन्यास सार्वजनिक गरिएको हो । सार्वजनिक एल्वममा बुलु मुकारुंग, सन्तोष श्रेष्ठ र सागर अधिकारीले संगीत गरेका छन् । एल्वममा एक दर्जन बढी गायक गायिकाहरुले स्वर भरेका छन् । 

‘प्रतिनाद सांगीतिक साँझ’ नाम दिईएको विमोचन कार्यक्रममा संगीतकार राजु सिंहको अगुवाईमा प्रत्यक्ष बाद्यबादन सहित ११ वटा गीत लाईभ प्रस्तुत गरिएको थियो । ३ वटा म्युजिक भिडियो पनि देखाइएको कार्यक्रममा राष्ट्रकविले गीतकार उपध्यायलाई बहुआयमिक ब्यक्तिको रुपमा समेत चर्चा गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप