एक्लै आयो ‘प्रसाद’
काठमाडौं – पत्रकार सुशील पौडेलको लेखन रहेको चलचित्र ‘प्रसाद’ आजबाट देशभर प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो चलचित्र देशभर प्रदर्शनमा आएको हो ।
एकल रिलिज अवसर पाएको यो चलचित्र दिनेश राउतले निर्देशन गरेका हुन् । अन्तरजातीय प्रेम विवाह गरेका जोडीको सन्तान नहुँदाको अवस्था चित्रण गर्न खोजेको छ ।
चलचित्रको बुधबार राजधानीमा प्रिमियर समेत गरिएको थियो ।
विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत लगायतको मुख्य भुमिका रहेको चलचित्रमा निश्चलले नेगेटिभ भुमिकामा निर्वाह गरेका छन् ।
करिब ५ दर्जन बढी चलचित्र भवनमा आएको यो चलचित्रले सिंगल थिएटर एक्लै पाए पनि मल्टिप्लेक्समा भने बलिउड अभिनेत्री प्रियंका चोपडाको निर्माण रहेको नेपाली भाषाको चलचित्र ‘पाहुना’ र सुशान्त सिंह राजपुत र सारा अली खान अभिनित चलचित्र ‘केदारनाथ’सँग प्रतिस्पर्धा गर्नेछ । गतसाताको चलचित्र ‘२.०’ले पनि अहिलेसम्म राम्रो दर्शक पाइरहेको छ ।