केन्द्रीय संस्करण

एमजी एक्सचेन्ज अफर, “कम एन्ड अपग्रेड टु अ बेटर ड्राइभिङ्ग एक्सपेरियन्स”

person access_timeमंसिर २१, २०७५ chat_bubble_outline0

काठमाडौं – नेपालमा एमजी (मोरिस ग्यारेज)को आधिकारिक बितरक पारामाउन्ट मोर्टसले एमजी कार प्रेमीहरुका लागि यहि मंसिर २१ गतेदेखि मंसिर २३ गतेसम्म नेपालभर “ एमजी एक्सचेन्ज अफर” आरम्भ गरेको छ ।

“कम एन्ड अपग्रेड टु अ बेटर ड्राइभिङ्ग एक्सपेरियन्स” भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले एमजीको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।

एमजीका हरेक मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, आकर्षक छुट (डिस्काउन्ट) लगायत सेवा उपलब्ध गराएको छ । एमजी एक्सचेन्ज अफरले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ